दल

जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

इकागज |
असार २७, २०८१ बिहीबार १६:४६ बजे

काठमाडौँ- जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।


प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।


Author

थप समाचार
x