एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथ दिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् ।
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया