दल

साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

इकागज |
असार २७, २०८१ बिहीबार १८:५७ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुने गरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिने गरी विभागको बैठकमा प्रस्तुत कार्ययोजना छलफलपछि परिमार्जनका साथ पारित गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । यही असार २५ र २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको विभागको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल उपस्थित थिए ।


एमालेमा गत जेठसम्ममा नेकपा (एमाले) का ६६ जिल्ला, तीन सय ७१ पालिका र दुई हजार एक सय ९९ वडा अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसैगरी गैरभौगोलिक १० जिल्ला, एक सय १५ इलाका र एक सय ६६ शाखा तहका पार्टी कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको बुधबार सम्पन्न सचिवालयको बैठकले आगामी कात्तिकभित्र बाँकी ११ जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।


Author

थप समाचार
x