देशैभर आएको बाढीले क्षति गरेपछि डा. शेखरले भनेः नागरिकलाई सरकार भएको अनुभूति गराउ
तस्विरः फाइल फोटो
काठमाडौँ- नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले देशभर आएको बाढी- पहिरो कारण पीडितहरूको उद्धार र व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।
तीन तहका सरकारले नागरिकलाई सरकार भएको अनुभूति हुने गरी काम गर्न पनि उनले अनुरोध गरेका छन् ।
‘बिगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ । बाढी-पहिरोमा परि कैयौं नागरिकहरू बेपत्ता छन्,’ उनले भने,’ पीडितहरुको उद्धार र उनीहरू को व्यवस्थापन तथा बेपत्ताहरूको खोजि कार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरि काम गरोस् भन्ने आग्रह गर्दछु ।‘
उनले प्राकृतिक प्रकोपको समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया