Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

इकागज |
असार २८, २०८१ शुक्रबार ११:३९ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् । 


परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको जानकारी दिएका हुन् । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 
  


Author

थप समाचार
x