दल

बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

इकागज |
असार २८, २०८१ शुक्रबार २०:५८ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत हिजो पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएको प्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गरे ।


उनले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन् । गए राति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।


Author

थप समाचार
x