दल

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

इकागज |
असार २९, २०८१ शनिबार १०:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । 

देउवाले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबी गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरूको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ । अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेललगायत मन्त्री बन्ने चर्चा रहेको छ ।


Author

थप समाचार
x