दल

कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने

इकागज |
असार २९, २०८१ शनिबार १६:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


त्यस्तै बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भएपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए ।

महतले प्रधानमन्त्रीले सपथ लिने समयसम्म सबै मन्त्रीहरूको टुङ्गो लाग्ने बताए । पार्टीबाट मन्त्री चयनका लागि आन्तरिक छलफल भइरहेको उनको भनाइ छ ।

त्यस्तै बैठकले देशभर प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


Author

थप समाचार
x