दल

मुलुकलाई स्थायित्व दिनका लागि कांग्रेस र एमालेको सरकार : नेता पोखरेल

इकागज |
असार २९, २०८१ शनिबार १९:२१ बजे

काठमाडौँ- नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनका लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताएका छन् ।

शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका हुन् ।


दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भइसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि बिस्तारै कार्यान्वयन हुने बताए ।

कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउने गरी अब बन्ने सरकारले काम गर्ने उनले बताए ।

यस्तै उनले आफूहरूले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको जिकिर गरे ।

 


Author

थप समाचार
x