दल

माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा गएनन्

इकागज |
असार ३१, २०८१ सोमबार १३:९ बजे

काठमाडौं - पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिष्कार गरेका छन् ।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।


ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए ।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखि नै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।


Author

थप समाचार
x