दल

समाजवादी मोर्चा बैठक : कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय

उपेन्द्र यादव र मोहन बिक्रम सिंहलाई पनि मोर्चामा ल्याउन पहल गरिने

इकागज |
साउन १, २०८१ मंगलबार २०:१४ बजे

काठमाडौँ- समाजवादी मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले दस्तावेजीकरण लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चमगनका साथै विगतको उपलब्धिप्रति हुनसक्ने प्रहार प्रति चिन्ता व्यक्त गरेको छ ।


बैठकले अरू सबै प्रगतिशील कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहन बिक्रम सिंहलाई पनि मोर्चामा ल्याउन पहल गर्ने निर्णय गरेको नेकपाका नेता खड्क विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।


Author

थप समाचार
x