दल

सत्ता पक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

इकागज |
साउन २, २०८१ बुधबार १४:४० बजे

काठमाडौँ- सत्तारूढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । 

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुने गरी मनोनयन गरेको हो ।


मुख्य सचेतकलाई सत्तारूढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारूढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।


Author

थप समाचार
x