विमलेन्द्र निधिको दाबी - वर्तमान सत्ता समीकरण २०८४ सालसम्म कायम रहन्छ
जनकपुर - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।
जननकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे । मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”
विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया