दल

महानगरका सभापपतिसँग डा. शेखरले भनेः तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका

इकागज |
साउन ४, २०८१ शुक्रबार १०:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् ।

शुक्रबार बिहान काठमाडौँ महानगरका निलकाजी शाक्य , ललितपुर महानगरका सुवानन्द धाख्वा , भतरपुर महानगरका चित्रसेन अधिकारी  , विराटनगर महानगरपालिका दिपक चापागाईं र विरगञ्ज महानगरपालिकाका मनिन्द्र नेपाली सहभागी थिए ।


कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

उनले तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन आग्रह गरे ।

महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।


Author

थप समाचार
x