दल

सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा

इकागज |
साउन ४, २०८१ शुक्रबार १५:३३ बजे

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् । पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् ।


त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तल माथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन: एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।

उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे ।


Author

थप समाचार
x