Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

डा. शेखरले सुजातालाई देखाउँदै भनेः अब हामी एक ठाउँमा उभिएका छौँ

इकागज |
साउन ४, २०८१ शुक्रबार १५:३५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस एक भएमा मात्र देश बचाउँन सकिने बताएका छन् । शुक्रबार उनको कार्यालय  विशालनगरमा सुजाता कोइराला पुगेपछि पार्टी एक ढिक्का भएमा सबैलाई बचाउँन सकिने बताएका हुन् ।

उनले सानोबाबु गिरिजा प्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताए । कोइरालाले भने,’ पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्ने छ । एकता हामीले गर्यौ भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।‘


सरकारमा भए पनि भोलि के हुने त्यो थाहा नभएको उनले उल्लेख गरे । राजनीति स्थायित्व नभएको, सुशासन छैन र आर्थिक अवस्था मजबुत नभएको उनको भनाइ छ ।

सबैजना एकढिक्का भइ मिलेर जानुपर्ने उनले धारणा राखे । कोइरालाले नेपाली कांग्रेसको एक ढिक्का राख्नका लागि १५ औँ महाधिवेशनलाई ध्यान दिएर अगाडि बढ्न आग्रह गरे ।

सुजाता कोइरालाई देखाउँदै उनले भने,’ हामी एक ठाउँमा उभिएका छौ । पहिले पनि एक ठाउँमा थियौँ तलमाथि भइरहन्छ । चिन्ता गर्नुपर्ने आवश्यकता छैन । त्यो हाम्रो जिम्मेवारी हो । हामीले गर्नैपर्छ । नेशनलाई बचाउँछौ र नेशनलाई पहिले हेरौँ । पार्टीलाई हेरौं र त्यसपछि मात्र आफूलाई हेरौं ।'


Author

थप समाचार
x