दल

सुजाताको आग्रहः डा.शेखर कोइरालालाई नेता मानेर अगाडि बढौँ

इकागज |
साउन ४, २०८१ शुक्रबार १५:५८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले सांसद डा. शेखर कोइरालालाई भेटेपछि हामी तीनै जना मिलेर जाने बताएकी छन् ।

शुक्रबार डा. कोइरालाको कार्यालयमा सुजाता पुगेपछि उनले हामी तीन जना मिलेर जाने र कुनै किसिमको विवाद नभएकाले यहीँ ठाउँमा शशांक आउनुपर्छ र शशांकलाई ल्याउने बताएकी हुन् ।


‘हामी एकजुट हुनैपर्छ । हाम्रो बुबा र हजुरबुबाले जुन सपना देख्नु भएको थियो त्यो सपनालाई पूरा गर्नैपर्छ,’ उनले भनिन्,’ शेखर दाले त्यो लिडरशिप लिनु भएको छ । त्यो लिडरशिपलाई सबैले सहयोग गर्नुपर्छ । मुलुकलाई एउटा निकास दिनु । सबैजना मिल्नुहोस, झगडा र विवाद नगर्नुहोस । हामी तीन जना मिलेर जान्छौ ।‘

 


Author

थप समाचार
x