दल

शेखर र सुजाता एकै ठाउँमा - दाजुबहिनीले दिए एकताको सन्देश [फोटो/भिडियो]

दुर्गा आचार्य |
साउन ४, २०८१ शुक्रबार १७:१० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालालाई भेटेपछि हामी तीनै जना मिलेर जाने बताएकी छिन् । उनले त्यहाँ हामी चेली र माइती एक ठाउँमा रहने उद्घोष गर्न समेत भ्याइन् ।


शुक्रबार डा. कोइरालाको  विशालनगरमा रहेको कार्यालयमा सुजाता पुगेपछि उनले हामी तीन जना मिलेर जाने र कुनै किसिमको विवाद नभएकाले यहीँ ठाउँमा शशांक आउनुपर्छ र शशांकलाई ल्याउने बताएकी हुन् । डा. शेखरको सचिवालयमा सुजाता आफ्नो कार्यकर्तासहित पुगेकी थिइन् ।

उनी अरुबेला भन्दा फरक मुद्रामा देखिएकी थिइन् । उनले आफ्नो परिवारको विरासत दोर्‍याइन् । 'यो पार्टीमा हाम्रो बुबा र हजुरबुबाले जुन सपना देख्नु भएको थियो त्यो सपनालाई पूरा गर्नैपर्छ,’ उनले कार्यकर्तालाई हौसलामा रहनका लागि आग्रह गर्दै भनिन्’ 'शेखर दाले त्यो लिडरशिप लिनुभएको छ । त्यो लिडरशिपलाई सबैले सहयोग गर्नुपर्छ । मुलुकलाई एउटा निकास दिनुपर्छ । सबैजना मिल्नुहोस्, झगडा र विवाद नगर्नुहोस् । हामी तीन जना मिलेर जान्छौ ।'

त्यसैगरी, डा. शेखर कोइरालाले सानोबाबु गिरिजा प्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताए । उनले भने,’ पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्ने छ । एकता हामीले गर्यौ भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।‘

हेर्नुहोस् भिडियो


Author

थप समाचार
x