दल

एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्छ : गगन थापा

इकागज |
साउन ५, २०८१ शनिबार १५:५५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा कांग्रेसको तर्फबाट तल माथि नहुने स्पष्ट पारेका हुन् ।


उनले अबको दुई वर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे । थापाले यसअघि एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटी देखिएकाले मुलुकलाई स्थिरता दिनका लागि ठूला दलहरू एक ठाउँ आउनुपरेको जिकिर गरे । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।

थापाले मुलुकलाई समृद्धितर्फ अघि बढाउन अवसर प्राप्त भएकाले यसमा गम्भीर भए अघि बढ्नुपर्ने उल्लेख गरे ।


Author

थप समाचार
x