दल

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

इकागज |
साउन ५, २०८१ शनिबार १८:२७ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

यसअघि कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिलाई राप्रपाले सकारात्मक रूपमा लिएको बताएको थियो । नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात् सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठले विज्ञप्ति जारी गर्दै निर्देशन समितिको एमाले र कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि विपक्षमा मतदान गर्नुपर्ने ठहर गरिएको उल्लेख छ । राप्रपा संसदीय दलको बैठक भने आइतबार बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।


Author

थप समाचार
x