दल

कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत

इकागज |
साउन ५, २०८१ शनिबार १८:३० बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनीत गरेका छन् ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो । कांग्रेसको सचेतकमा सांसद सुशिला थिङ रहेकी छन् ।



Author

थप समाचार
x