दल

कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज |
साउन ६, २०८१ आइतबार ६:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आइतबार मध्यान्ह १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरको ल्होत्से हल नयाँ बानेश्वर काठमाडौँमा हुने भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्‍याउने कसरत गरिरहेका छन् ।


Author

थप समाचार
x