Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

इकागज |
साउन ६, २०८१ आइतबार ७:१९ बजे

फाइल फाेटाे

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिने भएका हुन् । 

उनले आज  चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन पनि गर्ने  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 


ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तीमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ ।

यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ । अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ ।

यता, माओवादी केन्द्र, रास्वपा र नेकपा (एकीकृत समाजवादी) ले  ओलीलाई विश्वासको मत नदिने भएका छन् ।


Author

थप समाचार
x