Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

इकागज |
साउन ६, २०८१ आइतबार ९:३८ बजे

फाइल फोटो

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथो पटक विश्वासको मत लिन लागेका हुन् ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनुपर्ने भएको हो । 


यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।


Author

थप समाचार
x