दल

प्रचण्ड र नेपालबीच भेटवार्ता, ओलीलाई दुई तिहाई पुर्‍याउन नदिने रणनीतिमा

इकागज |
साउन ६, २०८१ आइतबार १२:४९ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघिनै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

तिनै दलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन् । त्यस्तै प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसद्को समर्थन पुरा गर्न नदिने रणनीतिमा रहेका छन् ।

प्रचण्ड र नेपालले प्रयास गरेपनि ओलीले आज संसदमा दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाउने निश्चित जस्तै देखिएको छ ।

कांग्रेस र एमालेसहित ओलीसरकारलाई जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरूले विश्वासको मत दिने तयारी गरेका छन् ।


Author

थप समाचार
x