दल

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

इकागज |
साउन ६, २०८१ आइतबार १३:३६ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् ।


रास्वपाले विपक्षमा बसेर जनताका मुद्दा प्रभावकारी रुपमा उठाउने बताउँदै परियारले आफूहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गरेका छन् ।  


Author

थप समाचार
x