Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

स्थानीयलाई साथमा लिएर विकासका काम अघि बढाउन काठमाडौँ महानगरलाई सुझाव

इकागज |
साउन ७, २०८१ सोमबार १८:४० बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्थानीयलाई साथमा लिएर विकासका काम अघि बढाउन काठमाडौँ महानगरलाई सुझाव दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै स्थानीय जनताको साथमा विकासका काम अघि बढाउन उचित हुने बताएका हुन् । तीन तहका सरकारको आ–आफ्ना दायित्व भएको भन्दै उनले सबै तहका सरकारले जिम्मेवारीपूर्वक जनताको हितका लागि काम गर्नुपर्ने बताए ।


काठमाडौँको न्यूरोड फुटपाथ विस्तारका विषयमा मेयर र वडाध्यक्षबीचको विवाद संसदले नभइ महानगरले नै मिलाउनुपर्ने उनको भनाइ छ । उनले स्थानीय निकायको विकास निर्माणका काममा केन्द्र सरकारले हस्तक्षेप नगर्ने धारणा राखे ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका विषयमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न केन्द्र सरकारले पनि महानगरलाई सहयोग गर्नुपर्ने बताए ।

उनले धेरै महानगरपालिकाका सडकहरूको निर्माणको जिम्मेवार सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने उल्लेख गरे । 


Author

थप समाचार
x