दल

जनताको अधिकार कटौती गरेर मुलुकमा स्थिरता र विकास हुँदैन : शक्ति बस्नेत

इकागज |
साउन ८, २०८१ मंगलबार १७:९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जनताको अधिकार कटौती गरेर मुलुकमा स्थिरता र विकास नहुने बताएका छन् ।

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले अनावश्यक रूपमा संविधान संशोधनका कुरा निकालिएको भन्दै जनताको अधिकार कटौती गरेर मुलुकमा स्थिरता र विकास नहुने बताएका हुन् । उनले वर्तमान सरकारको जनविरोधी, परिवर्तन विरोधी, शान्ति विरोधी हर्कतको खबरदारी गर्ने र संविधानको कार्यान्वयनका लागि उचित वातावरण बनाउने जिम्मेवारी माओवादीको काँधमा आएको धारणा राखे ।


बस्नेतले अहिलको सत्ता गठबन्धनलाई बाहिरबाट नियाल्ने भन्दै अहिले सरकारमा जाने कुरा माओवादीको प्राथमिकताको विषय नरहेको बताए ।​ उनले परिवर्तन विरोधीको खबरदारी गर्दै पार्टीलाई जनतासमक्ष जोडेर अघि बढ्ने उल्लेख गरे ।


Author

थप समाचार
x