दल

नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्नुपर्छ : महत

इकागज |
साउन ८, २०८१ मंगलबार १७:२३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्नका लागि उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती विषय कार्यक्रममा महतले कागजमा देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका हुन् ।


उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफू अर्थमन्त्री हुँदा आलु प्याजमा भ्याट लगाउँदा नबुझी विरोध गरिएको गुनासो गरे ।

महतले नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए ।

त्यस्तै महतले नेपालको विशेषताका हिसाबले कृषिको आकारलाई बृहत् बनाउनुपर्ने बताए ।


Author

थप समाचार
x