Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

इकागज |
साउन १०, २०८१ बिहीबार १६:३८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरेका छन् ।


झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, 'यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।'

उनले संसद् सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताए ।

उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्वजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबी समेत गरिएको छ ।


Author

थप समाचार
x