Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

सभापतिले बोल्न रोकेको भन्दै संसदीय समिति बैठकबाट बाहिरिए सुदन किराती

इकागज |
साउन १०, २०८१ बिहीबार १६:४५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री सुदन किरातीले संसदीय समिति बैठक बहिष्कार गरेका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन् । बैठकका लागि राखिएको विभिन्न एजेण्डामा धारणा राखिरहँदा सभापति यादवले विषय केन्द्रित भएर छोटोमा आफ्ना प्राविधिक कुराहरू राख्न आग्रह गरेका थिए ।


त्यसलगत्तै किरातीले आफू टेक्निकल विज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए । उनले समितिले राखेका एजेण्डामा नै बोलेको समेत बताए ।  त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप विषय नराखी उनी बैठकबाट बाहिरिएका हुन् । सो क्रममा किरातीले आफूलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोशित भएका थिए । 


Author

थप समाचार
x