Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

नेकपा एस बैठक : पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त

इकागज |
साउन १०, २०८१ बिहीबार १६:५७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि मापदण्डलगायतका विषयमा देखिएको समस्याका बारेमा छलफल गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि आधार र मापदण्डका साथै चाँडै सदस्य चयनका लागि देखिएका समस्याका बारेमा छलफल भएको हो । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ ।


पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सौर्य एयरलाइन्सको दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली दिँदै तत्काल छानबिन गर्दै राहत र क्षतिपूर्ति दिनुपर्ने बताएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ​उनले नयाँ सरकार गठन भएको केही दिनमात्रै भएकाले त्यसका गुण र दोषका आधारमा आवश्यक समीक्षा गर्ने बताए । 


Author

थप समाचार
x