दल

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‌मा भाग माग्नु लाजमर्दो : कोइराला

इकागज |
साउन १२, २०८१ शनिबार १०:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रपतिले कोटा माग्नु लाजमर्दो भएको बताएकी छिन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो बताएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा भाग मागेको भन्ने सुन्नमा आएको भन्दै यो लाजमर्दो भएको बताइन् ।


'राष्ट्रपति पदको गरिमा आफ्नै छ भाग मागेर बस्ने होइन्' उनले भनिन् । राष्ट्रपति पार्टीको नभएर साझा पद भएकाले त्यसको गरिमा राख्न उनले आग्रह गरिन् ।


Author

थप समाचार
x