दल

संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुन्छ  - झलनाथ खनाल

इकागज |
साउन १२, २०८१ शनिबार १७:३६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् । 

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका हुन् । 


कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनले बताए । उनले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे । 

अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए । उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउँदै अघि बढ्नुपर्ने बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताए । उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए । 

उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहहरू स्पष्ट हुनुपर्ने जिकिर गरे । 


Author

थप समाचार
x