दल

माओवादी पदाधिकारी बैठक : पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ लैजानुपर्नेमा जोड

इकागज |
साउन १३, २०८१ आइतबार १८:५१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जानुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा धारणा राख्ने पदाधिकारीहरूले पार्टी नेतृत्वको सरकारले निकै राम्रो काम गरेको र अब जनतामाझ जानुपर्ने सुझाव दिएका हुन् । आइतबार पाँच जना पदाधिकारीहरूले धारणा राखेका थिए ।


बैठकमा वर्तमान परिस्थितिका बारेमा छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले जनतामा गएर राष्ट्रियता, जनजीविकाका सवालहरूलाई थप बलियो बनाउनुपर्ने सुझाव आएको धारणा राखे । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुराको सामूहिक स्वामित्व लिनुपर्ने र कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्नेमा अधिकांशको जोड रहेको उनको भनाइ छ ।

पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर आवश्यक निष्कर्ष निकाल्ने प्रवक्ता सापकोटाले बताए । 


Author

थप समाचार
x