दल

एमालेको सचिवालय बैठक बिहीबार

इकागज |
साउन १४, २०८१ सोमबार १४:२० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने भएको छ ।

यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्य क्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ । 


त्यस्तै एमालेले विभिन्न इञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।


Author

थप समाचार
x