दल

माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

इकागज |
साउन १५, २०८१ मंगलबार ११:२६ बजे

फाइल फोटो

काठमाडौँ - माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउँसो १ बजे हुने भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ । 


केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । 

साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।


Author

थप समाचार
x