दल

नेताहरूको कार्यविभाजन गर्न एमाले सचिवालय बैठक बस्दै

इकागज |
साउन १७, २०८१ बिहीबार ९:१० बजे

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । विहान ११ बजे बस्ने बैठक हनुमानस्थानस्थित होटल बसेरामा बस्ने भएको छ ।

बुधबार बिहान भएको बर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गर्न लागिएको हो ।   


बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। 

त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्वसमेत परिवर्तन गर्ने समेत बताइएको छ ।


Author

थप समाचार
x