दल

एमाले सचिवालय बैठक जारी

इकागज |
साउन १७, २०८१ बिहीबार १३:४९ बजे

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

काठमाडौंको एक होटलमा जारी जारी बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी छ । असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।


सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।  यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी एमालेको छ ।


Author

थप समाचार
x