एमाले सचिवालय बैठक
गुरु बराल बने एमालेको उपाध्यक्ष
काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
काठमाडौँमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ ।
त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ । बैठकले मुख्य सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको छ ।
जसमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया