दल

मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाउँ आउनुपर्‍यो :​ योगेश भट्टराई

इकागज |
साउन १९, २०८१ शनिबार १९:० बजे

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताएका हुन् । उनले इतिहासको कठिन मोडमा कांग्रेस–एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एक ठाउँ आएको जिकिर गरे ।


भट्टराई अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस–एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरूलाई एकसाथ लिएर जाने उनले बताए ।

उनले नेपालको जलवायु परिवर्तनको असर ताप्लेजुङ लगायतका हिमाली क्षेत्रमा धेरै देखिएकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x