दल

उपेन्द्र यादवको आरोप : समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाए

इकागज |
साउन १९, २०८१ शनिबार २०:१८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाएको आरोप लगाए । उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशिता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे ।


यादवले संघीयता, समावेशीका कारण नभई दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राखे ।

उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुनेमा जोड दिए । उनले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए । 


Author

थप समाचार
x