माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन् : वर्षमान पुन
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम गर्ने नीतिमा अडिग रहेको र सोहीअनुसार अघि बढ्ने बताएका छन् । पार्टीसम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता पुनले सुशासन कायम गर्ने सवालमा आफूहरू प्रतिबद्ध रहेको र सोही विषयलाई लिएर जनतामा जाने जानकारी दिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरू रहेको उल्लेख गरे । 'पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्ष सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, अनियमितता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । सरकारबाट बाहिरिँदा माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,' उनले भने ।
नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधन भए सफल हुन नदिइने बताए । त्यस अवसरमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले सरकारमा छँदा आफूहरूले गरेका सकारात्मक कामको अनुभवसहित जनतामा जानुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया