दल

सरकार निरंकुश बन्न खोज्यो- सांसद सापकोटा

इकागज |
साउन २१, २०८१ सोमबार १३:५९ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।


सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अहिलेका सार्वजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरूलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 


Author

थप समाचार
x