दल

महासमिति बैठकमा पेश भएका प्रस्तावहरू संशोधनसहित पारित गर्ने कांग्रेसको तयारी

इकागज |
साउन २१, २०८१ सोमबार १४:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका बिभिन्न प्रस्तावहरूलाई संशोधनसहित पारित गर्ने तयारी गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेश भएका प्रस्तावमाथि आएका सुझावहरूलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।


त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारका पार्टीको सहभागीलाई प्रभावकारी बनाउने बिषयमा पनि छलफल हुने उनले बताए । सरकारका साथै पार्टी संगठनलाई समेत बलियो बनाउँदै अघि बढ्ने बिषयमा पदाधिकारी बैठकमा छलफल भएको परियारले बताए ।

यसैगरी पदाधिकारी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री परियारले जानकारी दिए ।
 


Author

थप समाचार
x