Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

पद अनुसारको व्यवहार नगर्दा समस्या भयो : अध्यक्ष बिजुक्छे

'६ हजार ७८० जनालाई विभिन्‍न तालिमहरू प्रदान गरी सीपयुक्त बनाइयो'

इकागज |
साउन २६, २०८१ शनिबार १८:४१ बजे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे 'रोहित' ले पद अनुसार व्यवहार नगर्दा समस्या भएको बताएका छन् ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुर-७ को शनिबार भक्तपुरमा भएको १९ औ प्रमाणपत्र, प्रशंसापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा बिजुक्छेले यस्तो बताएका हुन् । उनले पदमा बस्ने तर त्यस अनुसार व्यवहार नगर्दा समस्या भएको जिकिर गरे । 


सोही क्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले आफूले सिकेको सीपमा दक्ष भई स्वदेशमै काम गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँ पुस्तामा मेहेनतको महत्वबारे चर्चा गरेकी थिइन् । संस्थाले स्थापनाकालदेखि नै विभिन्न विषयहरूमा युवाहरूलाई निःशुल्क तालिम प्रदान गरिरहेको छ ।

कार्यक्रममा नि:शुल्क तालिमका प्रशिक्षकहरू कृष्णप्रसाद तुईतुई (निःशुल्क हाउस वाइरिङ तालिमका प्रशिक्षक), रेणु त्वानाबासु (निःशुल्क पत्रकारिता तालिमका प्रशिक्षक), दिपेश लागे (निःशुल्क मोबाइल मर्मत तालिमका प्रशिक्षक), सनिशा कोजु (निःशुल्क व्युटी पार्लर तालिमका प्रशिक्षक), उगेन वोयुज (निःशुल्क धिमे बाजा तालिमका प्रशिक्षक), सविन लेवा (निःशुल्क धाँ बाजा तालिमका प्रशिक्षक), लक्ष्मी तामाङ   (निःशुल्क नृत्यकला तालिमका प्रशिक्षक), सुमित बनमाला (निःशुल्क गीतार तालिमका प्रशिक्षक) र एन्जिला याकामी (निःशुल्क इन्टिरियल डिजाइन तालिमका प्रशिक्षक) हरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै नेपालको ख्यातिप्राप्त पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै राधा ब्याञ्जुलाई १५ वर्ष निरन्तर प्रशिक्षक रहेबापत कदरपत्र प्रदान गरिएको थियो । स्वतन्त्र पत्रकार कृष्ण किसीलाई पनि प्रशंसापत्र वितरण गरिएको थियो ।

संस्थाका निर्देशक बालकृष्ण बनमालाका अनुसार यो वर्ष मात्रै एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल चार सय ६० जनालाई विभिन्न दश वटा तालिमहरू दिइएको थियो । उनका अनुसार हालसम्म कुल ६ हजार सात सय ८० जनालाई विभिन्न तालिमहरू प्रदान गरी सीपयुक्त बनाइएको छ ।


Author

थप समाचार
x