Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

माओवादीको प्राथमिकतामा मुलुकको समृद्धि : उपमहासचिव पुन

इकागज |
साउन २६, २०८१ शनिबार २०:४७ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् ।

पार्टी सम्बद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, 'सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।'


उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताए । 

उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उनको भनाइ छ । 

कार्यक्रममा सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टी पङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताए ।


Author

थप समाचार
x