दल

जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

इकागज |
साउन २७, २०८१ आइतबार ८:२१ बजे

फाइल फाेटाे

काठमाडौँ - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यविभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिँदो वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।


Author

थप समाचार
x