Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

जनार्दनको आरोप : खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो

इकागज |
साउन २७, २०८१ आइतबार १४:२९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग आग्रह गरेका छन् । 


‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगे पचि तीव्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा पुग्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दैछ र भन्ने सोध्ने गरेका छन् ।’

उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको विषय बन्न पुगेको छ ।

 

 


Author

थप समाचार
x