Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कांग्रेस केन्द्रीय सदस्य थपलियाले भनिन्- महिलालाई 'उप' मा राख्‍ने परिपाटी तोडौँ

इकागज |
साउन २७, २०८१ आइतबार १७:३२ बजे

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले राजनीतिमा महिलाहरूको उल्लेख्य सहभागिता र आकर्षण बढे पनि 'उप' मै सीमित राख्ने परिपाटी तोड्न जरुरी रहेको बताएकी छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा उनले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख-उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरूको सहभागिता दुई प्रतिशत पनि नरहेको दाबी गरिन् ।


‘कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ । नेपाली कांग्रेसको वडा तहदेखि केन्द्रीय समितिमा विधान संशोधन गरेर महामन्त्री वा उपसभापति पदमा महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्छ,' उनले भनिन्, 'भ्रातृ एवं शुभेच्छुक संस्था को २-२ वर्षमा अनिवार्य अधिवेशन गर्नुपर्छ यदि सम्भव छैन भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैँ तोक्न सक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ ।‘

अधिकांश वडा तहको बैठक बस्न नसकेको उनले दाबी गरिन् । 'कतिपय ठाउँमा वडाध्यक्ष मात्रै छन पदाधिकारी र सदस्यहरू छैनन् सो कारण बैठक बस्न सकेको छैन,' उनले अगाडि थपिन्, 'त्यस कारण एउटा प्रावधान बनाएर वडालाई चलायमान बनाउ सोच्नु पर्ने बेला आएको छ । वडा कार्यसमिति सुस्त रह्यो भने नेपाली कांग्रेस सदस्यको आधार स्तम्भ नै कमजोर हुन्छ ।'

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र एसमइ सम्मेलन गर्ने तयारी गरेको उनले बताइन् । जसले स्टार्टअपहरू, साना तथा मझौला उद्यम,नेता, नीति निर्माताहरू र लगानीकर्ताहरूलाई एकत्रित गर्ने थपलियाको भनाइ छ ।


Author

थप समाचार
x